दाङ ३ मा दीपक गिरीको अग्रता, कोमल २४०० बढी मतले पछि

काठमाडाैं। दाङ ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका दीपक गिरीले अग्रता कायम गरिरहेका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेकी नेतृ कोमल वलीलाई २४ सय ३३ मतले पछि पारेका छन् ।

प्राप्त पछिल्लो मत परिणामअनुसार २७ हजार ५५ मत गणना हुँदा गिरीको ११ हजार दुई सय चार मत आएको छ भने वलीको आठ हजार सात सय ७१ मत छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले चार हजार तीन सय ५० मत ल्याएका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री