ललितपुर-१ मा काँग्रेसले अग्रता बढायो, एमालेका सिलवाल पछाडी

काठमाडौँ । ललितपुर-१ मा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर जबराले अग्रता बढाउदै लगेका छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार कांग्रेसका उदयशमशेर जबराले १४ हजार ९४२ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका नवराज सिलवालले १३ हजार ७०४ मत प्राप्त गरेर पछ्याइरहेका छन् । अहिलेसम्मको गणना अनुसार राणा सिलवालभन्दा १२३८ मतले अगाडी रहेका छन् ।

त्यस्तै यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन कुमार घिमिरेले २०९० मत प्राप्त गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि पानी पर्ने सम्भावना (तीन दिनको पूर्वानुमानसहित)

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

प्रतिकृया दिनुहॊस