लुम्बिनी विकास बैंकले घोषणा गर्‍यो लाभांश, बोनस कति ?

काठमाडाैं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई ३ प्रतिशत बोनस सेयर र कर सहित ९ प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउँनेछन् ।

हाल बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार रुपैयाँ रहेको छ। प्रस्तावित बोनस सेयर वितरणपछि उक्त पुँजी ३ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी हुनेछ ।

गत वर्ष कम्पनीले १३ प्रतिशत बोनस वितरण गरेको थियो। गत वर्षको तुलनामा बैंकले बोनस दर घटाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस