काठमाडौँ । डडेल्धुराका स्वतन्त्र उम्मेदवार सागर ढकालले जसले जिते पनि आफ्नै जित हुने बताएका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेका उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
उनले डडेल्धुरामा देउवा विजयी भएपनि आफूले जिते सरह नै हुने बताए । ‘उहाँको पाँच वर्ष अब अन्तिम हो । उहाँले जिते पनि मैले जितजस्तै हो । डराउनुपर्दैन,’ उनले भने, ‘अब डडेल्धुरा बनाउने, नीति नियम लेख्ने मैलै नै हो । अब डडेल्धुराको भनेको सागर ढकाललै हो । सक्किसक्यो अब कम्पिटिसन नै छैन ।’
उनले डडेल्धुराका युवा तथा मतदातालाई गाली नगर्न आग्रह गरेका छन् । देशभर परिवर्तनको लहर आइसकेको उनको भनाइ छ। चुनावमा आफूहरूले निकै राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै उनले यसलाई एकदमै राम्रो संकेत भएको पनि जिकिर गरे ।
तपाईंको प्रतिकृया




