काठमाडौं-४ मा गगन थापाको ह्याट्रिक जित

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा काठमाडौं ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा विजयी भएका छन् । कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले २१३०२ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले १३८५५ मत प्राप्त गरेका छन् । थापाले भट्टराईलाई ७ हजार ४ सय ४७ मतान्तरले पराजित गरेका हुन् । उनको जितको औपचारिक घोषणा हुन भने बाँकी छ । उनको क्षेत्रबाट जम्मा ४५ हजार ५ सय ३ मत खसेको थियो ।

उक्त क्षेत्रबाट यो उनको चौथो जित हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री