काठमाडौँ । ललितपुरको क्षेत्र नम्बर २ मा प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार प्रेमलाल महर्जन विजयी भएका छन् ।
महर्जनले १९ हजार ८३४ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनी नेकपा एमालेबाट यस निर्वाचनमा विजयी हुने पहिलो प्रतिनिधिसभा सदस्य बनेका छन् । यो जितपछि एमालेले प्रतिनिधि सभामा पहिलो सिट जित हासिल गरेको छ ।
महर्जनका निकटतम प्रतिद्वन्दी हाम्रो नेपाल पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत प्राप्त गरेका थिए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत प्राप्त गरेका थिए ।
तपाईंको प्रतिकृया




