मुस्ताङबाट प्रतिनिधिसभामा काँग्रेसका थकाली विजयी

काठमाडौं । मुस्ताङमा नेपाली काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । थकालीले ३ हजार ९९२ मत प्राप्त गर्दै जित हासिल गरेका छन् ।

योसँगै मङ्सिर ४ गते भएको निर्वाचनमा मुस्ताङको मतगणना सबैभन्दा पहिला सकिएको छ र काँग्रेसले विजयी शुरुवात गरेको छ । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका प्रेम प्रसाद तुलाचनले ३०७८ मत प्राप्त गरेका छन् । तुलाचन ९१४ मत अन्तरले पराजित भएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत प्राप्त गरेको निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ । त्यस्तै राप्रपा नेपालका प्रविणकुमार शेरचनले १३ मत प्राप्त गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री