काठमाडौं – डडेलधुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले बुथ रक्षाका लागि आफ्ना प्रतिनिधि राख्न नदिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक लाइभमा बोल्दै उनले निर्वाचन उत्साहजनक भएपनि बुथ संकलनका क्रममा रहेक बुथहरुमा आफ्नो एक प्रतिनिधि सामेल गराउन नदिएकोप्रति उनले असन्तुष्टि जनाएका हुन् ।
उनले लाइभमा बोल्दै भनेका छन्, ‘हामीले निर्वाचन अधिकृत, यहाँको डिएसपीसमेतलाई फोन गरेका बुझेका थियौँ उहाँहरुले एकजना मान्छे राख्न पाइन्छ भन्नुभएको छ तर यहाँ हामी कसैलाई पनि भित्र जान दिइएको अवस्था छैन ।’
उनले ब्यालेट बक्स जोगाइदिनसमेत आग्रह गरेका छन् । उनले पैसाको खोलो बगाउने खेललाई आफूहरुले पर्दाफास गरेको बताउँदै अब बुथ जोगाउन समस्या रहेको बताएका छन् । उनले भनेका छन्, ‘आज राति सुत्न भएन । जङ्गल छ भने झन् ख्याल गर्नुपर्यो । बाटो बाटोमा बसिदिनु हुन अनुरोध ।’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :- भिडियो




