काठमाडाैं । निर्वाचनको क्रममा झापा ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र काँग्रेस नेता कृष्णप्रसाद सिटौलाबिच भेट भएको छ ।
मतदान केन्द्र अवलोकनका क्रममा हल्दिबारी गाउँपालिका १ गोल्धापस्थित मतदान केन्द्रमा उनीहरू बिच जम्काभेट भएको हो ।
भेटमा उनीहरूले एक अर्का लाई जितको शुभकामना दिएका थिए । ०७४ को निर्वाचनमा पनि लिङ्देनले सिटौलालाई हराएका थिए ।
तपाईंको प्रतिकृया



