सोलुखुम्बुमा मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिए

काठमाडाैँ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित एक मतदान केन्द्रका अधिकृत सुतेकै ठाउँमा मृत फेला परेका छन् । फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।

प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनीलजङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका राय आज बिहान अन्दाजी ४ बजे अन्य कर्मचारीले उठाउन खोज्दा ओछ्यानमै मृत भेटिएका हुन् ।

घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी घटनास्थल पुगिसकेको छ । सर्लाही हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए । उनले लामो समयदेखि सुगर र मुटुको औषधि प्रयोग गर्दै आएको खुलेको छ । जिल्लामा निर्वाचनमा खटिएका मतदान अधिकृतको मृत्यु भएको यो पहिलो घटना हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

करेन्ट लगाएर माछा मर्ने क्रममा २६ वर्षीय विकासको मृत्यु

काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी …

प्रतिकृया दिनुहॊस

This will auto close after