निर्वाचन बहिष्कार गर्ने समूहलाई सरकारले दियो कडा कारबाहीको चेतावनी

काठमाडौं । मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचन बहिष्कारको गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने भन्दै गृह सचिव विनोदप्रकाश सिंहले त्यस्ता व्यक्ति र समूहमाथि निगरानी बढाएको बताएका छन् ।

गृह सचिव सिंहद्वारा आज (शुक्रबार) गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा नेपाली सेना बलाधिकृत रथी सरोजप्रताप राणा, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतको उपस्थित थियो । निर्वाचनको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा गृह सचिव सिंहले निर्वाचन बिथोल्न सक्ने समूह, दल र व्यक्तिहरूमाथि सूक्ष्म निगरानी राखिने जानकारी दिँदै यस्तो गतिविधिमा संलग्नमाथि कडा कारबाही हुने चेतावनी थिए ।

निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले दल तथा आस्था झल्किने र आचारसंहिता विपरीतका गतिविधि गरेको पाइएमा कारबाहीको दायरामा ल्याउने पनि उनले बताए । निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन कुनै कसर बाँकी नराखिने पनि उनले बताए । साथै निर्वाचन विरोधी गतिविधिमा आफूहरूले शून्य सहनशीलताको नीति अपनाएको सिंहले बताए ।

यसैबीच निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले देशभरका ९०३ स्थानमा बम डिस्पोजल टोली खटाएको गृहसचिव सिंहले जानकारी दिए । निर्वाचनविरुद्ध भौतिक क्षति लगायत गतिविधि गर्नेलाई निगरानी गर्न पनि सुरक्षा निकायलाई क्रियाशील पारिएको बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस