सेञ्चुरी बैंकको पदमपुर शाखा अब नयाँ ठाउँमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कात्तिक २७ गतेदेखि पदमपुर शाखा नयाँ ठाउँमा सञ्चालनमा ल्याएको छ। पदमपुर शाखा नयाँ ठाउँमा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले उद्घाटन गरेर सेवा सञ्चालन गरेका छन्।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख कर्जा अधिकृत राजेश भण्डारी लगायत बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउन्टरहरु सञ्चालनमा ल्याएर बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बैंकको कूल शाखा संख्या १४८ छ भने बैंकले १० एक्सटेन्सन काउन्टर २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएममार्फत् वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री