कञ्चनपुरमा अपहरण परेकी ९ महिने शिशु बलात्कृत

कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा अपहरणमा परेकी  ९ महिने अबोध बालिका बलात्कृत भएकी छन्।

सुतेको बेला आमाको काखबाट   अपहरणमा परेकी बालिकालाई   ७ घण्टा पछि धानबारीबाट  ‘सकुसल’ फेला पारेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कर्ण बहादुर बमले बताए।  ती अबोध बालिका अपहरणमा परेको  राती नै चौतर्फी हल्ला भएपछि १ बजेदेखि नै इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले बिहान पौने ८ बजेतिर धानबारीमा फेला परेको थियो।

बालिकाको योनीमा घाउ देखिएपछि बलात्कृत भएकी स्थानीयले जनाएका छन्।  बालिकाको उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा पुर्‍याएकी बालिकाको उपचार हुन नसक्दा काठमाडौं रेफर गरिएको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री