नुवाकोटका ३ किशोरी २ सातादेखि बेपत्ता

नुवाकोट । जिल्लाको तादी गाँउपालिका–१ उर्लेनी काल्चेका तीन किशोरी दुई सातादेखि हराइरहेका छन् । गत भदौ १८ गते तादी–३ खरानीटारमा लाग्ने श्रीकृष्ण जन्माअष्टमीको रथयात्राको जात्रामा सहभागी हुन गएका उनीहरु फर्केर घर नआएको भन्दै परिवारले खोजी गर्न प्रहरीसमक्ष आग्रह गरेका छन् ।

काल्चेका १८ वर्षीया शर्मिला भनिने आइती तामाङ, उनकी फुपू १७ वर्षीया सम्झना तामाङ र उनका साथी १७ वर्षीया हसिना भनिने माया तामाङ जात्रामा गएपछि सम्पर्कमा नआएको शर्मिलाको बुबा सोम्बरबहादुर तामाङले बताए ।

गाउँबाट बाहिर नजाने उनीहरु कहाँ गएका हुन् भन्ने केही जानकारी नआएकाले दलालले ललाइफकाइ भारततर्फ बेचबिखनमा लगेको हुनसक्ने भन्दै परिवारले दिएको सूचनाको आधारमा प्रहरीले सीमाक्षेत्रमा खोजी तीव्र बनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरको अनुसार हराएकामध्ये दुईको मोबाइल ‘लोकेशन’ भारतीय सीमाक्षेत्रसम्म पुगेको देखिएकाले खोजीको लागि त्यसतर्फ प्रहरी परिचालन गरिएको छ ।

अनलाइनखबर

बारेमा news

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस