सुकुम्वासीमा भय सिर्जना गर्नेलाई चुनावमा हराउनुहोस् : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ती जनाएका छन् । यो काम निर्वाचन आचारसंहिता विपरीत हुने उनको जिकीर छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३१ जागृतीनगरको वस्तीमा आज बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर १ उम्मेदवारसमेत रहेका सिंहले भूमि आयोगको प्रतिवेदनका सुझाव नआएसम्म प्रतिक्षा गर्नुपर्ने बताए ।

बागमती नदी किनारका वस्ती हटाउन सूचना जारी गरिएकोमा आपत्ती जनाउँदै उनले भने, ‘वागमती सभ्यता सर्वाधिकार सम्पन्न समिति किन नहोस्, खासगरेर महानगरपालिका किन नहोस्, राष्ट्रिय भूमि आयोगको प्रतिवेदनमा जुन सुझावहरु दिइएको हुन्छ, ती सुझावहरुलाई कार्यान्वयन गर्ने समयसम्म हामी सबै त्यसको प्रतिक्षामा बस्नुपर्छ ।’

अव्यवस्थित बसोबास, जोखिमपूर्ण बसोबास, सुकुम्वासी र भूमिहीनको उचित समाधान निकाल्नका लागि सरकारले नीति बनाएर व्यवस्थित गर्नुपर्ने उनले बताए । आफूले अरु दलका नेताहरुले जस्तो झुठो आश्वासन नदिने बताउँदै उनले भूमि आयोगको प्रतिवेदनका सुझावमा सरोकारवालासँग पनि छलफल गर्ने र समस्याको समाधान निकाल्ने आश्वासन दिए ।

सुकुम्वासी र भूमिहीनका इच्छा, आकांक्षा र चाहनालाई पूरा गर्नका लागि प्रतिबद्ध रहेको बताउँदै उनले भने, ‘तपाईंहरुले कत्तिको ख्याल गर्नु भएको छ, मैले यो कुरा संसदमा होस् वा सार्वजनिक कार्यक्रममा पनि बोल्दै आएको छु ।’

उनले भूमिहीन र सुकुम्वासीहरुको समस्याको समाधान लोकतान्त्रिक–वाम गठबन्धनले मात्रै गर्ने जिकीरसमेत गरे । कुन चाहिं उम्मेदवारलाई जिताउँदाखेरि आफ्नो भविष्य राम्रो हुन्छ, भन्ने लेखाजोखा गरेर आगामी मंसिर चार गतेको दिन मतदान गर्न आह्वान गर्दै उनले भने, ‘अस्थीरता र तपाईंहरुमा भय सिर्जना गर्न दुष्प्रयास गर्नेहरुलाई मेटाउनुस् ।’

भूमिहीन, सुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जबरजस्ती हटाउन पटक–पटक सूचना जारी गरिएको विरोधमा आज दिउँसो १२ बजे माइतीघर मण्डलामा प्रदर्शनसमेत हुँदैछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मनसुन सक्रिय भएन, अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ । यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा …

प्रतिकृया दिनुहॊस