मतदातालाई ओलीको प्रश्न- देश शेरबहादुरको हातमा सुम्पने कि मेरो ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुअघि यो देश कसको हातमा सम्पिने सोच्न मतदातालाई आग्रह गरेका छन् । एक भिडिओ सन्देशमार्फत अध्यक्ष ओलीले मतदाताले स्पष्ट निर्णय लिने समय आएको बताएका हुन् ।

मतदातालाई देशको भविष्य कांग्रेस सभापति शेरबहादुर देउवाको हातमा सुम्पिने कि आफ्नो हातमा भन्ने प्रश्न पनि गरे । ‘मंसिर ४ गते तपाईंले हाल्ने भोटले अबको ५ वर्ष कसको हातमा देश सुम्पने भन्ने तय गर्छ, शेरबहादुर देउवाको हातमा कि म केपी शर्मा ओलीको हातमा ?’ उनले भने ।

भोट हाल्नुअघि आफ्नो र छोराछोरीको भविष्य सम्झनसमेत आग्रह गरेका छन् । ‘देश केही व्यक्ति र समूहको निजी स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाइरहेको छ ।’ ओलीले भने, ‘जसको कुनै राष्ट्रिय उद्देश्य छैन । यही गठबन्धन रहे मुलुक बर्बाद हुनेछ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मंगलबार दिउँसो १ बजे बजेट भाषण

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/०८१ को बजेट जेठ १५ गते दिउँसो १ बजे ल्याउने …

प्रतिकृया दिनुहॊस