नेपाल बैंकमा रक्तदान कार्यक्रम, १०५ युनिट रगत संकलन

काठमाडाैं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले आफ्नो ८६औं वार्षिकोत्सवको अवसरमा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाण्डौमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

उक्त कार्यक्रमको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले गरेकी थिइन्। कार्यक्रमको समापन बैैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले गरेका थिए।

उक्त रक्तदान कार्यक्रममा बैंकमा कार्यरत कर्मचारी, ग्राहक, सर्वसाधारण गरी १०५ जनाले रक्तदान गरेका थिए। नेपाल बैंक लिमिटेड यही २०७९ कात्तिक ३० गते ८६औं वर्षमा प्रवेश गर्दै छ। सोही अवसरमा बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ।

संस्थागत सामाजिक उत्तरदायित्वमा अग्रपङ्क्तिमा रहेर भूमिका निर्वाह गर्दै आएको बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ।

नेपालभर २२६ शाखाहरु, १९९ एटीएम साथै ५० वटा एक्टेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस