इन्स्योरेन्स इन्स्टिच्युट नेपाल र निप्स, लुम्बिनी प्रदेशको म्यानेजर तालिम

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालको आयोजनामा दुई दिवसीय म्यानेजर तालिम बुटवलमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी (निप्स), लुम्विनी प्रदेश र लुम्बिनी च्याप्टरको समन्वय रहेको थियो ।

उक्त तालिममा जीवन तथा निर्जीवन बीमा कम्पनीमा कार्यरत ७६ जना शाखा प्रमुख, क्षेत्रीय प्रमुख तथा प्रदेश प्रमुखको सहभागिता थियो । बीमाकर्मीहरुको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरेको कम्पनीले जनाएको छ । उक्त तालिममा व्यवस्थापकीय सीप, संस्थागत सुशासन, सम्पत्ती शुद्धिकरण तथा निवारण ऐन साथै जोखिम व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो ।

समापन समारोहमा अध्यक्ष दीपक नेपालले बीमा सेवामा विश्वसनियता अभिवृद्धी गर्न बीमाकर्मीहरुले ग्राहक तथा आम जनसमुदायमा सचेतना कार्यक्रम तथा स्वस्थ प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न भूमिका निर्वाह गनुपर्ने बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री