लक्ष्मी बैंकले ल्यायो विश्वकप लक्षित नयाँ योजना

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो खेलमेला फिफा विश्वकपको दिनगन्ती सुरु भैसकेको छ । फुटबलका पारखीका नेपाली प्रशंसकहरु हरियो मैदानहरुमा देखिने जादुमयी खेलहरुको प्रत्यक्षदर्शी बन्नका लागि आतुर भैसकेका छन् ।

यो विश्वव्यापी लोकप्रियता बोकेको प्रतियोगितालाई उत्सबको रुपमा मनाउने क्रममा लक्ष्मी बैंकले बचतको महत्वलाई उजागर गर्न गोलरक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका साथ एक नयाँ योजना “सेभ लाइक अ च्याम्पियन (बचत गरौं, च्याम्पियन बनौं)” सञ्चालन गर्ने भएको छ । यस अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताहरुको भविष्य उज्ज्वल बनाउन ‘बचत’ को शक्ति र भावनालाई प्रवद्र्धन एवम् प्रोत्साहन गर्ने लक्ष्य लिएको छ ।

अभियान नोभेम्बर २०, २०२२ देखि डिसेम्बर ३१,२०२२ सम्म सञ्चालन हुनेछ । यस अवधिमा बचत गर्ने निश्चित बचतकर्ताहरुलाई पूर्व स्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रीन बैंकिङ्ग प्याकेज (बैंकको मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग, डिम्याट खाता, मेरो सेयर, भाइबर बैंकिङ्ग, इमेल समाधानहरु) र खुत्रुक्केलगायतका आकर्षक उपहारहरु प्रदान गरिने बैंकले जनाएको छ । बचत खाताका अफरहरुका साथै, ग्राहकहरुले विभिन्न प्रतियोगितामा भाग लिन पनि सक्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

काठमाडौँ । एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध …

प्रतिकृया दिनुहॊस