सुनको भाउ बढेर ९७ हजार रुपैयाँ कट्यो

काठमाडाैँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

शुक्रबार प्रतितोला ९६ हजार ७ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा ६ सय रुपियाँले बढेर ९७ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य ९६ हजार ८ सय रुपियाँ रहेको छ ।

यसैगरी आइतबा चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपियाँले बढेर १३ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री