नेप्सेको नयाँ वेबसाइट आजबाट सञ्चालनमा आउँदै

काठमाडौं । नेपाल स्टक एक्सचेन्जको पुरानो वेबसाइट शुक्रबारबाट बन्द भएको छ। नेप्सेले सूचना जारी गर्दै नेप्सेको पुरानो वेबसाइट http://www.nepalstock.com/ मा अब उप्रान्त कुनै पनि तथ्यांकहरू अद्यावधिक नहुने जनाएको हो ।

यस सँगै अब नेप्सेको नयाँ वेबसाइट https://www.nepalstock.com.np/ आज अर्थात कार्तिक २७ गतेबाट पूर्णरुपमा संचालनमा आउने छ । हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिदैं आएको नेप्सेको नयाँ वेबसाइट आइतबारबाट संचालनमा आउँन लागेको हो ।

नयाँ वेबसाइट पूर्ण रुपमा संचालनमा आउँन लागेकोले नेप्सेले यस अघि नै सम्पूर्ण सुचिकृत कम्पनीहरुलाई नयाँ वेबसाइटको लागि लगइन आईडी लिनको लागि आग्रह गरेको थियो ।

नेप्सेले सञ्चालन गरेको नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) को लगईन आइडी नलिएका सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेले कार्तिक २५ गते भित्र नै अनिवार्यरुपमा नट्सको लगईन आइडी लिईसक्न आग्रह गरेको थियो ।

नेप्सेका अनुसार कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेवसाइटबाट सार्वजनिक गर्नका लागि सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेको नट्सको लगईन आइडी अनिवार्य चाहिन्छ ।

कार्तिक २७ गतेपछि सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेवसाइटबाट मात्रै सार्वजनिक हुने र पुरानो वेवसाइट अर्न्तगतका सम्पूर्ण लगइन आईड खारेज हुने नेप्सेले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after