काठमाडौं । सञ्चालनमा आएको ९ महिनामा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १० करोड ७७ लाख रुपैयाँ नाफा गरेको वताएकाे छ । युनियनले गत वर्ष असोज ४ गतेदेखि मात्रै जीवन बीमा व्यवसाय सुरु गरेको हो । गएकाे आर्थिक वर्षमा कम्पनीले ८६ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । चालु आर्थिक वर्षको २ महिनामा २२ करोड रुपैयाँ थप बीमाशुल्क संकलन गरेको छ । अहिलेसम्म ८२ हजार बीमालेख जारी गरेको कम्पनीले वताएकाे छ ।
गत वर्ष कम्पनीको जीवन बीमा कोष ३७ करोड ३० लाख रुपैयाँ पुगेको छ । कम्पनीको वित्तिय अवस्था मजबुत रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णले वताएका छन् । बीमा समितिबाट स्वीकृत प्राप्त भएकाहरु मध्ये ७५ भन्दा बढी शाखा तथा उपशाखा कार्यालयहरु संचालनमा आईसकेका छन् । २ अर्ब १५ करोड जारी पूंजी रहेको युनियनमा १० प्रकारका बीमा योजनाहरु रहेका छन् ।
कम्पनीकोको अध्यक्षमा शुलभ अग्रवाल र संचालकहरुमा शेखर गोल्छा, सन्दीपकुमार अग्रवाल र जीवनकुमार अग्रवाल छन् । मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, राजेश हार्डवेयर र टिवडेवाल ग्रुप रहेका वताइएकाे छ ।




