काठमाडौं । तीन दिनदेखि हराएकी नागार्जुन नगरपालिकाकी एक युवतीलाई उनकै मामा नाता पर्नेको सहयोगमा काठमाडौँकै एक होटेलमा राखेर सामूहिक बलात्कार गरेका छन् । नागार्जुन नगरपालिका-७ हसनटारमा बस्रने २१ वर्षीया ती युवती सोमबारदेखि कलंकी स्युचाटारबाट हराएकी थिइन् ।
उनलाई भिमढुङ्गा नर्सरीमा होटल सञ्चालन गर्ने ४० वर्षीय रामकृष्ण नगरकोटी, नुवाकोटको रालुकादेवी गाउँपालिका-९ घर भई कलंकी बस्ने ३९ वर्षीय युवतीका मामा पर्ने अर्जुन लामा र नागार्जुन नगरपालिका-८ मजुवा बस्ने ३३ वर्षीय सूर्य रानाले बलात्कार गरेको वताइएकाे छ ।
मामा पर्ने लामाले रानाको होटेलमा लगेपछि तीनैजनाले बलात्कार गरेको अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएकाे छ । जोशीका अनुसार २१ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा मामा पर्ने लामा, होटल सञ्चालक नगरकोटी र राना पक्राउ परेका हुन् ।
उनीहरु तीनैजनालाई हिरासतमा लिइसकिएको छ । ती युवती हराएको सूचना पाएपछि महानगरीय प्रहरी वृत्त कालीमाटीको टोली खोजी कार्यमा जुटेको थियो । खोजीकै क्रममा बलात्कृत भएको अवस्थामा युवती होटेलमा भेटिएकी छन् ।
प्रतिकृया दिनुहॊस