बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल बन्यो च्याम्पियन

काठमाडौँ । नेपालले वुमेन्स यू-१५ साफ च्याम्पियनसिप जितेको छ । ढाकामा भएको निर्णायक खेलमा नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै यू-१५ को उपाधि जितेको हो ।

खेल सकिन एक मिनेट अगाडि नेपालले पेनाल्टीबाट गोल हुन नदिएपछि उपाधि नेपालको पक्षमा गएको हो ।

डबल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा नेपालको चार खेलबाट १० अंक जोडेको थियो । नेपाल प्रतियोगितामा अपराजित रहेको थियो । बंगलादेश भने सात अंकमै सीमित रह्यो । तीन टिम सम्मिलित प्रतियोगितामा भुटान अंकविहीन स्थितिमा पुछारमा रह्यो । नेपालले यसअघि बंगलादेशविरुद्धको पहिलो खेलमा १–० को जित निकालेको थियो ।

महिला फुटबल इतिहासमा नेपालले उपाधि जितेको यो दोस्रो पल्ट हो । दक्षिण एसियाली फुटबलमै नेपालले उपाधि जितेको भने यो पहिलो पल्ट हो । यसअघि नेपालले २०१४ मा श्रीलंकामा भएको यू–१४ रिजनल च्याम्पियनसिप जितेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री