गरिमा विकास बैंकले घोषणा गर्‍यो लाभांश, बोनस कति ?

काठमाडाैं । गरिमा विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट सेयर धनीहरूलाई लाभांश वितरण गर्ने भएको छ।

बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश गरी कुल १४.५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

उक्त लाभांश नियामक राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयर धनीहरूले पाउनेछन्।

हाल कम्पनीको चुक्तापुँजी ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५०१ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा बैंकले लाभांश दिन लागेको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप