मुक्तिनाथ विकास बैंकद्वारा महिला उद्यमी सम्मानित (तस्बिरहरू)

काठमाडौं । मुक्तिनाथ विकास बैंकले महिला उद्यमीहरुलाई सम्मान गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा आफ्नो कार्यक्षेत्र भित्रका ५० वटा स्थानहरुमा बैंकको लघु बैंकिङ कार्यक्रममा आबद्ध सदस्यलाई केन्द्रित गरी आयोजना भएको गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रमका दौरान महिला उद्यामीहरुलाई सम्मानित गरिएको हो ।

उत्कृष्ट महिला उद्यमीहरुलाई सम्मान तथा उनीहरुलाई आफ्नो व्यवसाय विस्तार तथा व्यवस्थापन गर्न वित्तीय ज्ञान र वित्तीय प्रणालीबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा स्थानीय निकायका पदाधिकारी, विभिन्न पेशामा आबद्ध महिला उद्यमी सहित ३ हजार ५ सय जना उपस्थिति रहेको समेत बैंकले जनाएको छ । कार्यक्रममा लघु बैंकिङ अन्तर्गत विभिन्न कृषि, पशुपालन तथा स-साना उद्यम सञ्चालन गरिरहेका उत्कृष्ट २६४ जना महिला उद्यमीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा महिला सशक्तिकरण, वित्तीय ज्ञान र देश विकासको प्रमुख आधार, कृषिमा व्यवसायिक सुधार भन्ने अभियानलाई प्राथमिकतामा राखि मुक्तिनाथ कृषि कम्पनीका अधिकारीको उपस्थितिमा स्थानीय किसानहरुको समस्या सुन्ने, समाधान गर्ने र कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकास गर्ने उपाय सिकाउने कार्य पनि भएको बैंकको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी बैंकका कार्ड प्रयोगकर्ताहरूलाई लेमन ट्री प्रिमियरका विभिन्न सेवामा ३५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआइसी एसिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहकहरु तथा कर्मचारीहरूलाई काठमाडौं, बुढानीलकण्ठस्थित Lemon Tree …

प्रतिकृया दिनुहॊस