सिप्रदीको स्किलअप योजनाअन्तर्गत १२ युवाले पाए तालिमपछि जागिर

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालीले सिप्रदीयन सहायता संस्थाको आयोजनामा ६ महिने निःशुल्क स्किल–अप तालिम कार्यक्रम तेस्रो ब्याच सम्पन्न गरेको छ ।

दक्ष अटो प्राविधिक उत्पादन गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा नेपालभर रहेका सिप्रदीका च्यानल पार्टनरहरू – आधिकारिक सर्भिस सेन्टर, प्रमाणित ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्र बाट सिफारिस भएका १२ जना प्रशिक्षार्थीहरूले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् । तालिम सकेपछि सिफारिस गरिएको वर्कसपमा रोजगार प्राप्त गरेका छन् ।

कार्यक्रमको दीक्षान्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र र खादा प्रदान गरेका थिए ।

समारोहमा प्रशिक्षार्थीहरूलाई बधाइ एवं शुभकामना दिँदै प्रमुख कार्यकारी अधिकृतले उत्पादन गरिएका टेक्निसियनहरू नवीनतम प्रविधिका टाटा गाडीहरूसमेत मर्मत सम्भार गर्न सक्षम रहेकाले टाटा गाडीका ग्राहकले अझै उत्कृष्ट सेवा पाउने जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस