कुमारी बैंक र दराजबीच ११.११ अभियानका लागि सम्झौता

काठमाडाैं । कुमारी बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबिच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ। यो योजना कात्तिक २५ (नोभेम्बर ११, २०२२) देखि लागू हुने दराजले जनाएको छ।

सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङका प्रमुख अनिष ताम्राकार र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन्। कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा कुमारी बैंकको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु २ हजार ५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा रु ३ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

कुमारी बैंकमा खाता रहेका ग्राहकहरुले माथि उल्लिखित पूर्वभुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र हुनेछ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री