तीन कर्मचारी सम्मानित

काठमाडौँ । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनामा कार्यरत तीन जना कर्मचारी सम्मानित भएका छन् ।

नेपाल सरकार सचिव स्तरीय निर्णयअनुसार आ।व। २०७७÷०७८ को कुल बेरुजुको ९५।०५ प्रतिशत फर्छ्यौट गरेकोमा उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै तीन जना कर्मचारीलाई सम्मान गर्ने निर्णय गरेको थियो । मंगलबार आयोजना निर्देशक रवीन्द्र बोहराले निवर्तमान आयोजना निर्देशक परीक्षित परिक कडरिया, सह–लेखापाल सन्तोष कार्की र लेखा शाखामा कार्यरत कम्प्युटर अपरेटर डम्मर बमलाई एक कार्यक्रमकाबीच  प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

सम्मान गर्दै आयोजना निर्देशक बोहराले कर्मचारीको कामको मुल्यांकन गर्नाले  उनीहरूलाई पुरस्कृत गर्नाले कर्मचारीहरूमा काम गर्न थप हौसला मिल्ने बताए । विश्व बैकको ऋण सहयोगमा ३३ वटा नगरपालिकाहरूमा आयोजना सञ्चालनमा रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री