बाल्टीको पानीमा डुबेर बालकको मृत्यु

child-death/एकै घरका दुई बालिकाको सर्पले डसेर मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–९ गौशला चोकस्थित तुलसी गेष्ट हाउसको छतमा बाल्टीमा रोखेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गेष्ट हाउसमा बस्ने बाँके बैजनाथ–३ घर भएका ३० वर्षीय राज बहादुर चौधरीको छोरा चार वर्षीय आरोज चौधरी छन् । शनिबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डुबेर गम्भीर घाइते भएका उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री