स्वास्थ्य उपचारको पैसा तिर्न नसके सरकारले तिर्छ : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा उत्पादन भएका बस्तुहरुको ब्रान्ड एम्बेसडर बन्न तयार रहेको बताएका छन् । सुर्खेतमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले देशमै उत्पादन वृद्धि गर्न र नेपालको उत्पादनलाई प्रोत्साहन गर्न आफूले राजनितिक जिवनभर नेपाली पोसाक मात्र लगाउने बाचा गरेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए भ्रष्ट्राचारको जरैबाट अन्त्य गर्ने बाचा गर्दै उनले गुणस्तरीय शिक्षा, स्वास्थ, र रोजगारीका लागि अब कोही पनि व्यक्ति विदेश जानु नपर्ने बताए । आफ्ने बाचापत्रमा सबै प्रस्ट उल्लेख गरेको र सोही बमोजिम काम गर्न नसके फेरि फर्केर मत माग्न नआउने बताए ।

देशमा अनेकौ समस्या रहेको र यसको समाधानमा पुराना राजनितिक दलहरुले चासो नदिएको उदाहरण दिदै उनले भने, ‘किसान मल मागिरहेका छन् र मल पाए खुसी हुन्छन्, जनता विजुली पानी मागिरहेका छन् र पाए खुसी हुन्छन् । यस्तो पनि हुन्छ ? आफ्नो अधिकार माग्न नेताको चाकडी गनुपर्ने ? रास्वपाको सरकार बने यि सबै समस्या समाधान गर्छौ ।

यस्तै, उनले आफुहरुले बनाउन खोजेको सरकारले हस्पिटलमा पहिले विरामीको उपचार गर्ने र उपचार पश्चात तिर्न सक्नेले तिर्छ र नसक्नेको सरकारले तिर्ने बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस