माथिल्लो नौगाड जलविद्युतले आगामी पुसबाट परीक्षण उत्पादन सुरु गर्ने

काठमाडौं । ८ मेगावाटको माथिल्लो नौगाड जलविद्युत आयोजनाले आगामी पुसबाट परीक्षण उत्पादन सुरु गर्ने भएको छ । दार्चुलामा निर्माण सम्पन्न आयोजनाले अबको ३ महिनामा उत्पादन सुरु गर्न लागिएको हो ।

गत साउनबाट विद्युत उत्पादन गर्ने तयारी भए पनि निरन्तरको वर्षाले निर्माण प्रभावित हुँदा विद्युत उत्पादन अवधि पछि सरेको हो ।

२०७३ सालबाट निर्माण सुरु भएको आयोजना १ अर्ब ४४ करोड रुपैयाँ लागतमा सम्पन्न भएको कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत ७ किलोमिटर दुरीमा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको बलाँच सबस्टेसनमा लगेर जोडिनेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

चेपाङबस्तीमा ‘बिजुली बत्ती’ पुग्यो, निःशुल्क पाए मिटर

काठमाडौँ । अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरूमा राष्ट्रिय प्रसारण …

प्रतिकृया दिनुहॊस