शान्ति सेनामा खटिएका एक नेपाली सैनिक गोली लागि घाइते

 काठमाडौं ।   संयुक्त राष्ट्रसंघिय मिसन अन्तर्गत दक्षिणी सुडानमा शान्ति सेनाको रुपमा खटिएका एक नेपाली सैनिक गोली लागेर घाइते भएका छन् ।

आइतबार बिहान येइ शहरमा पानी लिन जाने क्रममा सुडानको जनमुक्ति सेनाले हानेको गोली लागेर नेपाली सैनिक घाइते भएका हुन् ।घाइते नेपाली सैनिकलाई उपचारका लागि हेलिकप्टरबाट जुबा शहरमा लगिएको छ। घाइतकाे नाम  खुल्न सकेकाे छैन् ।

बिहान ८ बजे येइमा रहेको युएन क्याम्पबाट ताँती लागेर गुडेका शान्ति सेनाको २ वटा पानी ट्याङ्करसहित अन्य २ सवारीमाथि जनमुक्ति सेनाले गोली बर्साएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री