चलचित्र ‘लाखे’ हलमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लाखे’ आजबाट प्रदर्शनमा आएको छ । ‘लाखे’ लाई सम्राट बस्नेतले निर्देशन गरेका छन् ।

चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकारलगायत कलाकार मुख्य भूमिकामा छन् । सिजन अर्यालको कथा तथा निर्माण रहेको चलचित्रको निर्माता डिपी भण्डारी र गणेश मल्ल ठकुरी हुन् । कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् ।

सुजन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको चलचित्रमा अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री