काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ । पूर्वसञ्चारकर्मी रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्रमा अन्य राजनीतिक दलको आलोचना बढी गरिएको छ ।
यस पार्टीले अन्य राजनीतिक दलको बढी आलोचना गरेर जनमत आफ्नो पक्षमा पार्न खोजेको स्पष्ट देखिन्छ । यस पार्टीको घोषणापत्रमा देश विकासको एजेण्डा कम र अन्य राजनीतिक दलको आलोचना बढी पाइयो ।
जनतामा राजनीतिक दलप्रतिको वितृष्णा इतिहासमै सबैभन्दा धेरै रहेको घोषणापत्रमा दावी गरिएका छ । घोषणापत्र अन्य दलको गालीको पुलिन्दाजस्तो देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै दलहरुलाई एउटै डालोमा हालेका छन् ।
घोषणापत्रमा दलहरुले नै देश बिगारेको आरोप लगाइएको छ । घोषणापत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई एउटै समूहमा राखेर आलोचना गरिएको छ । यस्तो आलोचना छ कि, मानौ सबै दलहरु एउटै ड्यांगका मुला हुन्, यी दलहरुले नै देशको स्थिति यस्तो बनाएका हुन् ।
फरक सिद्धान्त, विचार, गन्तव्य, वाद जसको जस्तो भए पनि व्यवहारतः रुपमा यी सबै दल एकअर्कामा फरक नदेखिएको आसय घोषणापत्रमा पाइन्छ । ‘यी कुनै पनि दल ९एमाले, माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी० अर्को भन्दा फरक नभएको आरोप घोषणापत्रमा लगाइको छ ।
मुलुकलाई स्वार्थ र भ्रष्टाचारको जञ्जालमा दलहरुले नै राखेको बताइएको छ । सत्ता सञ्चालन लोकतान्त्रिक नभएको, पार्टी सत्तामा सीमित रहेको शीर्ष नेताले पार्टीलाई निन्त्रण लिएको, राजनीतिक पदहरुमा नियुक्ति र टिकट वितरण लोकतान्त्रिक नभएको स्वतन्त्र पार्टीको आरोप छ ।
देश विकासको एजेण्डाभन्दा अन्य दलको आलोचनामा शब्द खर्चेको राष्ट्रिय स्वतन्त्र पार्टीले दलहरुप्रतिको मतदाताहरुको वितृष्णा इतिहासमै सबैभन्दा धेरै रहेको दावी गरेको छ ।
सबै दलहरुलाई गाली गर्दैमा स्वतन्त्र पार्टीको घोषणापत्र सकिएको छ । एमालेदेखि, कांग्रेससम्म, मधेसवादी दलदेखि राप्रपासम्म सबै दललाई एउटै डालोमा हालेर स्वतन्त्र पार्टीले भित्तामा पुग्ने गरी आलोचना गरेको छ । ‘नेतृत्वले पार्टी कब्जामा लिँदा पार्टीभित्रका अब्बल मान्छेहरुले अवसर नपाएका हुन्’ घोषणापत्रमा भनिएको छ ।
मधेसवादी दल सत्ता लिप्सामा केन्द्रीत भएको, ठूला दलहरु भ्रष्टाचार र स्वार्थमा रमाएको, राप्रपाले प्रदेश खारेजीको माग राखेर प्रदेशमै उमेदवार उठाएको आरोप स्वतन्त्र पार्टीले लगाएको छ ।




