प्रभु बैंक र होटल मुस्ताङबीच आकर्षक छुट दिने सम्झौता

काठमाडाैं । प्रभु बैंक लिमिटेड र मुस्ताङस्थित होटल मुस्ताङ ताज एण्ड थकाली किचेनबीच व्यावसायिक सम्झौता भएको छ। दुई कम्पनीबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

बैंकका तर्फबाट जोमसोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटल मुस्ताङ ताज एण्ड थकाली किचेनका तर्फबाट प्रोप्राइटर योगेश शेरचनले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले होटल मुस्ताङ ताज एण्ड थकाली किचेनद्वारा सञ्चालित ‘फुड’, ‘वेभरेज’ र ‘लजिङ्ग’ सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौताअन्तर्गत होटल मुस्ताङ ताज एण्ड थकाली किचेनमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल मुस्ताङ ताज एण्ड थकाली किचेनका उल्लिखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गणेशमान सिंह हस्पिटल र प्रभु बैंकबिच छुटबारे सम्झौता

काठमाडौं । महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लिमिटेडबिच बैंकका …

प्रतिकृया दिनुहॊस