काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली स्पोर्टिङ इलाम एफसी डे मेचीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पियुष बहादुर न्यौपाने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन्चालन गरेको क्लब म्यानेजमेन्टको डिप्लोमा कोर्षमा छनोट भएकाे जानकारी प्राप्त भएकाे छ ।
विश्वभरबाट ४० जना मात्रै सहभागी हुने याे कोर्षमा न्यौपाने छनोट भएको स्पोर्टिङ इलामले विज्ञप्ती निकालेर जानकारी दिएकाे छ । विज्ञप्तिमा विश्व फुटबलमा नाम चलेका जुआन माटा, जोन टेरी, टिम काहिल, फर्नान्डिन्हो, कार्ली लोयड, लगायत खेलाडी पनि सहभागी हुनेछन् ।
तपाईंको प्रतिकृया




