ललितपुरको सुनाकोठीमा डेरा बस्दै आएकाको बीभत्स हत्या

काठमाडाैँ । ललितपुरको सुनाकोठीमा डेरा बस्दै आएका एक व्यक्तिको धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या भएको छ । ललितपुर महानगरपालिका– २७ सुनाकोठीमा डेरामा बस्दै आएका अन्दाजी ३५-४० वर्षीय रामचन्द्र राईको हत्या भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधिरराज शाहीका अनुसार रामचन्द्रको हत्या आरोपमा घटना लगत्तै सँगै डेरा गरी बस्दै आएका ४१ वर्षीय राजेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ । भाग्दै गरेको अवस्थामा राजेन्द्रलाई प्रहरीले सुनाकोठीबाटै पक्राउ गरेको थियो ।

उनीहरु दुबै जना चिनजानका भएको एसपी शाहीले जानकारी दिएका छन् । उनका अनुसार दुबै जनाले मादक पदर्थ सेवन गरेपछि विवाद र झगडा सुरु भएको थियो । सोही क्रममा राजेन्द्रले धारिलो हतियार प्रयोग गरि रामचन्द्रको हत्या गरेको प्रारम्भिक अध्ययनबाट खुलेको छ । हत्या आरोपी राजेन्द्रलाई महानगरीय प्रहरी वृत्त चापागाउँको हिरासतमा राखिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after