काठमाडौं – रुपन्देही सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ । छठघाटबाट घरतर्फ फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित तीन जनाको मृत्यु भएको हो ।
घटनामा परेका शिशुको आमासहित दुई जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले बताए । अर्यालका अनुसार बिहान करिब साढे ४ बजे कारको ठक्करबाट मृत्यु हुनेमा २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीय सीमा कुर्मी र ३५ दिनको नाम नखुलेको शिशु रहेका छन् । यस्तै सोही घटनामा परी २४ वर्षीया बन्दना कुर्मी र २६ वर्षीया मन्जु कुर्मी घाइते भएको उनले बताए ।
घाइतेको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । उनीहरूमध्ये मन्जुको अवस्था सामान्य रहे पनि बन्दना भने गम्भीर अवस्थामा रहेको अर्यालले जानकारी दिए । छठ व्रतालुलाई बिहान भैरहवाबाट परासीतर्फ गइरहेको कारले ठक्करले दिएको थियो । कारको पहिचान अहिलेसम्म हुन सकेको छैन ।
प्रतिकृया दिनुहॊस