अस्ट्रेलियाले दोब्बर बनायो अभिभावक र दक्ष कामदार भिसा

काठमाडौँ । अस्ट्रेलियाले दक्ष कामदार तथा अभिभावक भिसाको सङ्ख्या करिब दोब्बरले वृद्धि गर्ने नीति लिएको छ । कोरोना सङ्क्रमणपछि कामदार अभाव देखिएकाले भिसाको सङ्ख्या वृद्धि गरिएको हो ।

त्यहाँको गृह मन्त्रालयमा सार्वजनिक गरिएको सूचनाअनुसार दक्ष कामदार भिसाको सङ्ख्या आगामी आर्थिक वर्ष २०२२/०२३ मा ७९ हजारबाट १ लाख ४२ हजार पुर्‍याइएको छ भने अभिभावकलाई दिइने भिसासमेत ४ हजार ५ सयबाट बढाएर ८ हजार ५ सय बनाइएको छ । ट्रेजरर जिम चाल्मरले बजेट सार्वजनिक गर्दै त्यसको घोषणा गरेका हुन् ।

बजेटमार्फत सार्वजनिक कार्यक्रम अन्तर्गत आगामी ४ वर्षका लागि अस्ट्रेलियाको अध्यागमन क्षेत्रलाई अझ प्रभावकारी बनाउन करिब ६ सय मिलियन डलरसमेत छुट्याइएको छ । अस्ट्रेलियामा हरेक वर्षका लागि छुट्याइएको सीमित सङ्ख्यामध्येमा केही भिसालाई कम गरेर यी दुई भिसालाई बढाइएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘Experience Toyota २०८१’ असार ५ बाट सुरु, १२ वर्ष सम्मको बैंकिंग फाइनान्स

काठमाडौँ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि ले असार ५ …

प्रतिकृया दिनुहॊस