गुल्मी-२: गोकर्ण भर्सेस रामकुमारी, कसले मार्ला बाजी ?

काठमाडौँ । युवामाझ लोकप्रिय छवि बनाएका नेतामध्ये पर्छन्, नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा ९एकीकृत समाजवादी०की सचिव रामकुमारी झाँक्री ।

कुनै समयमा विष्टको चुनावी मोर्चाको कमान्डर बनेकी झाँक्री यस पटक भने प्रतिस्पर्धी बनेकी छन् । तसर्थ दुवै जना अलग पार्टीबाट चुनावी मैदानमा आएकाले मतदाताले कुन उम्मेदवारलाई विजयी गराउँछन् केही महिना प्रतीक्षा गर्नुपर्ने छ ।

एमालेबाट फुटेर एकीकृत समाजवादी बनेसँगै रामकुमारी झाँक्री एकीकृत समाजवादीतिर लागिन् । गोकर्ण विष्ट भने एमालेमै बसे । अहिले नेकपा एमालेले पुनः विष्टलाई नै अगाडि सारेको छ । गठबन्धनकोतर्फबाट झाँक्रीलाई अगाडि सारिएको हो । यस क्षेत्रको चुनावलाई निकै महत्त्वका साथ हेरिएको छ ।

विष्ट २०५६ देखि यो क्षेत्रमा चुनाव लड्दै आएका छन् । उनलाई २०६४ सालमा माओवादीका चन्द्रबहादुर थापा सागरले हराएका थिए भने अरू सबै चुनाव विष्टले जितेको रेकर्ड छ । यो पटक पनि विष्टले जित्ने दाबी गरेका छन् तर, उनलाई झाँक्रीले कडा टक्कर दिने पक्कापक्की छ ।

स्थानीय निर्वाचनको मत हेर्दा…
३० वैशाखको स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतका आधारमा एमाले सबभन्दा अगाडि छ । एमालेले ३१ हजार २५३ मत पाउँदा कांग्रेसले २९ हजार ८२१ मत पाएको छ । माओवादी केन्द्रको १८४१ र एकीकृत समाजवादीको जम्मा ६५८ मत छ । एकीकृत समाजवादीका नेताहरू भने गठबन्धन एक ठाउँमा उभिने हो भने ५र६ हजार मतले अगाडि हुने दाबी गर्छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीबाट बधाई, पाए गितार उपहार (तस्बिरहरू)

काठमाडौँ । नेपाल आइडल सिजन ५ का विजेता करण परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका …

प्रतिकृया दिनुहॊस