रोल्पाको सुलिचौरमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरमा आज बुधबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन् ।

सुलिचौरबाट गजुलका लागि छुटेको लु१ज ३२३४ नम्बरको जीप सुलिचौर बजार नजिकै सेवा केन्द्र भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा दाङको घोराही उपमहानगरपालिकाका ६० वर्षीय नारायण रिजाल, ५८ वर्षीय विष्णु रिजाल र ५० वर्षीया फाम्सी केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका मध्ये पाँच जनाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर र सात जनालाई कोहलपुर रिफर गरिएको छ। ब्रेक फेल भएर जीप सडकबाट तल खसेको प्रहरीले जनाएको छ।

 

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

वर्षाले विराटनगरका बस्ती जलमग्न

काठमाडौं । लगातारको बर्षाले मोरङ विराटनगरका विभिन्न बस्ती जलमग्न बनेका छन् । विराटनगर महानगरपालिकाका ५, …

प्रतिकृया दिनुहॊस