देउसी भट्ट्याउँदै बालेन : दु:ख लाग्छ, आफ्नै साथीको रेष्टुरेण्ट भत्काइयो

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन साहले आफ्नै साथीको रेष्टुरेण्ट भत्काउनुपर्दा दुःख लागेको बताएका छन् । मंगलबार कलाकार हरिवंश आचार्यको घरमा देउसी खेल्ने क्रममा भट्ट्याउँदै साहले साथीकै रेष्टुरेण्ट भत्काउनु परेकोमा दुख लागेको बताए ।

पत्रकार शिव दाहालले ट्वीटमा राखेको भिडिओमा उनले ‘आहा कलिलो तामालाई सोध रामालाई…’ भाकामा गीत गाएका छन्। साहले गाएका छन्,

‘कति राम्रो राम्रो गीत यहाँ गाइयो,
दु:ख लाग्छ साथी हो आफ्नै साथीको रेष्टुरेण्ट भत्काइयो।’

अर्को प्रसंगमा उनले भनेका छन्, ‘…अरु वेला साथी नै हो, केको मेयर!’

गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा निर्वाचित भएर आएपछि बालेनले महानगरपालिकाका अवैध संरचना भत्काउने कार्यलाई निरन्तरता दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री