थप १६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा मंगलबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४४८ पिसिआर परिक्षणका क्रममा १४ जना र ४४० एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु भएको छैन भने थप ४४ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ६६२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री