आर्कषक सहकारीले सुरु गर्यो ‘एकोलमार्ट डटकम’,अर्डर गर्नासाथ सामान घरमै

काठमाण्डौ । आर्कषक उपभोक्ता कृषि सहकारी संस्थाले एकै छानामुनी सबै सामान विक्री गर्न इ–कमर्श साइड ‘एकोल मार्ट डटकम’ सार्वजनिक गरेको छ । लक्ष्मीपुजाको अवसर पारेर सहकारीले आज एक कार्यक्रम गर्दै ‘एकोलमार्ट डटकम’ www.accolmart.com को उद्घाटन गरेको हो । दश बर्षदेखि उपभोक्ता तथा कृषि क्षेत्रमा केन्द्रित रहेर कार्य गर्दै आइरहेको सहकारीले यसअघि दराज अनलाइनसँग सहकार्य गर्दै आफ्ना उपत्पादनहरु बजारमा विक्रि गर्दे आएको थियो । बजारमा आफना उत्पादनहरुको माग तिव्र बढ्न थालेकोले आफैले आधुनिक अनलाइन सपिङ पेल्टफर्म ‘एकोलमार्ट डटकम’ साइट सुरु गरेको संस्थाका अध्यक्ष दिपकप्रसाद घिमिरेले बताए । निकट भविष्यमै आफ्नो सेवा देशैभर पुर्याउने लक्ष्य राखेको एकोल मार्टले अहिले भने उपत्यकाको तीन जिल्लामा सेवा सुरु गरेको घिमिरेले बताए । आम उपभोक्तालाई सहकारी आफैले उत्पादन गरेका तथा दशैभरबाट संकलन गरिएका अग्र्यानिक उत्पादनहरु घर–घरमै उपलब्ध गराउने अभिप्रायले इ–कमर्श साइड ‘एकोलमार्ट डटकम’ सुरु गरिएको बताए ।

एकोल मार्टले अर्ग्यानिक खाद्यजन्य, जडिबुटिजन्य, तरकारी, फलफुल, माछा, विभन्न प्रजातीका फुलहरु तथा औषधीजन्य उत्पादनहरु गरी करिव ५ सय प्रोडक्टहरु विक्रिका लागि बजारमा ल्याएको उनले बताए । त्यसलाई क्रमश विस्तार गर्दै लैजाने सहकारीको योजना भएको उनले बताए । एकोलमार्ट डटकमका आइटी प्रमुख इ.प्रदीप भटराइले उपभोक्ताहरुले एकोलमार्ट डटकम लगिन गरेर सजिल्लै रजिष्टेशन गर्न सक्ने र आफुलाई आवश्यक वस्तुहरुको अर्डर गर्न  सक्ने जानकारी दिए । उनले कुनैपनि सामान घर वा कार्यालयसम्म डेलिभरी गर्ने सुविधा भएको बताए । एकटकमा १० ओटा प्रोडक्टसम्म अर्डर गर्न सकिने उनले बताए । मोबाइल तथा इन्र्टरनेटबाट घरमै बसेर विभिन्न उपभोक्ता वस्तुहरु किनमेल गर्न सहज होस् भनेर एकोलमार्ट डटकम सुरु गरिएको उनले बताए । साइडको फिचरलाई क्रमश ग्राहकमैत्री बनाउँदै लैजाने पनि उनले बताए ।

आर्कषक उपभोक्ता कृषि सहकारी संस्थाले जडिबुटीबाट निर्मित ग्रीन टी, स्लीम टी, हर्बल सावुन, मसाज तेल, टुथपेष्ट, सेम्फु जस्ता प्रोडक्टहरु आफैले उत्पादन गर्दै आएको छ । त्यसैगरी सहकारीले लतिलतुरमा फुलखेती, तरकारी खेती, कुरोलो तथा अकबरे खुर्सानीका विरुवा उत्पादन, ट्राउट माछापालन जस्ता व्यवसायिक कृषि गर्दै आइरहेको छ । साथै सहकारीले आफनो हेड अफिस सातदोबाटोमा आर्कषक आर्युबेद क्लीनक पनि सञ्चालन गर्दै आइरहेको छ । ती सबै सेवाहरुका साथै देशैभरबाट संकलन गरिएका अग्र्यानिक चामल, पिठो, दाल, गेडागुडी, तेल, सिजनेबल तरकारी, आयुर्वेदिक औषधी जस्ता खाद्य तथा जडिबुटीजन्य करिव ५ सय आइटमका प्रोडक्टहरु बजारमा ल्याएको अध्यक्ष घिमिरेले बताए । जिल्लामै नमुना सहकारीको रुपमा ख्याती कमाएको आर्कषक सहकारीले डिजिटल पेल्टफर्म ‘एकोलमार्ट डटकम’ मार्फत आफनो बजार विस्तार गर्ने लक्ष्य लिएको छ । आधुनिक स्मार्ट फोन बोक्ने र इन्र्टरनेट मार्फत आफना आवश्यकताका वस्तुहरु सपिङ गर्ने जमात बढेको भन्दै सहकारीका प्रोडक्टहरुले राम्रो बजार पाउने विश्वास घिमिरेले व्यक्त गरे ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस