काठमाडाैं । संयुक्त राज्य अमेरिकाको मिजुरी राज्यको सेन्ट लुइस उच्च विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ। घटनामा अन्य छ जना घाइते भएपछि सोमबार प्रहरीले गोली हानेर एकजना संदिग्ध व्यक्तिको हत्या गरेको छ।
प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाए अनुसार मारिनेहरूमा एक वयस्क महिला र एक किशोरी छन्। उक्त घटना सेन्ट्रल भिजुअल एण्ड परफर्मिङ आर्ट्स हाई स्कुलमा भएको थियो। गोली प्रहार गर्नेलाई प्रहरीले विद्यालयभित्रै गोली हानेको प्रहरी कमिश्नर माइक साकले बताए । ‘यो हामी सबैको लागि हृदयविदारक दिन हो’, साकले भने।
तपाईंको प्रतिकृया




