राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन्।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार अपरान्ह पुगेर राजदूत यान्छीले राष्ट्रपति भण्डारीसँग बिदाइ शिष्टाचार भेटवार्ता गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए।
उनका अनुसार भेटमा उनीहरुबीच नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।
तपाईंको प्रतिकृया




