एकै दिन थपिए १७ सय बढी डेंगु संक्रमित, ज्यान गुमाउनेको संख्या ४९ पुग्याे

नेपालमा जाडो बढ्न थाले पनि डेंगुका संक्रमितहरुको संख्या भने बढिरहेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो दिनमा १ हजार ७१४ जना थपिदा सक्रिय संक्रमितको संख्या ४१ हजार ७४३ जना रहेको छ।

पछिल्लो २४ घण्टामा यो संक्रमणबाट थप १ जनाको ज्यान गएसँगै डेगुबाट ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ।

गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री