त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख संकलन

त्रिशुली जलविद्युत कम्पनीको आइपीओको बाँकी रकम आजसम्म ७३ हजार ३१० जनाले चुक्ता गरेका छन् । सीडीएससीका अनुसार असोज ३१ गते बिहानसम्म ७३ हजार ३१० जनाले १७ लाख २९ हजार १७३ कित्ता सेयरको लागि १५ करोड ४ लाख ३८ हजार ५१ रुपैयाँ रकम चुक्ता गरेका छन् । त्रिशुलीले असोज ४ गतेदेखि आफ्ना सेयरधनीहरुलाई चुक्ता हुन बाँकी रकम जम्मा गर्न आग्रह गरेको हो ।

त्रिशुलीको आइपीओ २०७५ चैत ७ गते खुलेको थियो । त्यसबेला, कम्पनीले जारी पुँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । उक्त सेयरमा अंकित मूल्यको १०५ का दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो । कम्पनीले प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका सेयरधनीहरुलाई बाँकी प्रतिकित्ता ९० रुपैयाँ भुक्तानी गर्न भनेको हो ।

सेयरधनीहरुलाई कात्तिक १७ गतेसम्ममा सो रकम भुक्तानी गर्न आग्रह गरेको छ । ९० रुपैयाँमध्ये सेयरधनीहरुले प्रतिकित्ता ८७ रुपैयाँका दरले रकम भुक्तानी गर्नुपर्नेछ । रकम बुझाउने अन्तिम मितिसम्ममा प्रतिकित्ता ३ रुपैयाँका दरले ब्याज प्राप्त हुने भएकोले ८७ रुपैयाँ बुझाए हुने कम्पनीले जनाएको छ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत उक्त रकम भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिट्रोन सी३ र ईसी३ मा सांग्रिला मोटर्सले ल्यायो ‘फेस्टिभ अफर’

काठमाडौँ । नेपालमा सिट्रोन ब्रान्डको अधिकृत बिक्रेता सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले सिट्रोन सी३ (आईसीई इन्जिन) …

प्रतिकृया दिनुहॊस