दशैंपछि वाणिज्य बैंकहरुमा ८ अर्बले बढ्यो निक्षेप

काठमाडाै । दशैंपछिको साता वाणिज्य बैंकहरुमा ८ अर्बले निक्षेप बढेकाे छ । कर्जा भने लगानी स्थिर रहेकाे छ । नेपाल बैंकर्स संघले प्रकाशित गरेको तथ्याङ्कका अनुसार वाणिज्य बैंकहरुमा (असोज २८ गतेसम्म) कूल निक्षेप बढेर ४५ खर्ब १९ अर्ब पुगेको छ । असोज महिनाको २८ दिनमा भने ३३ अर्ब निक्षेप बढेको छ । चालु आवको साउन महिनामा कूल निक्षेप ४४ खर्ब ३३ अर्ब र भदौ महिनामा कूल निक्षेप ४४ खर्ब ८६ अर्ब रहेकाे थियो । गत आव आव २०७८/७९ को अन्तिम महिना असार मसान्तसम्म कूल निक्षेप ४५ खर्ब ४१ अर्ब थियो ।

चालु आवको साउन महिनामा कूल कर्जा लगानी ४१ अर्ब ७७ अर्ब र भदौ महिनामा कूल कर्जा लगानी ४१ खर्ब ९० अर्ब थियो । गत आवको अन्तिम महिना असार मसान्तसम्म कूल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब थियो । असोज २८ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८६.९६ प्रतिशत रहेको संघले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल एसबिआई बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोगका साथै दुई शाखा कार्यालय स्थानान्तरण …

प्रतिकृया दिनुहॊस